प्रहरीले ग-याे कैलाली र कञ्चनपुरबाट १२ लाख बढीको अवैध सामान बरामद, २ जना पक्राउ

काठमाडौं। कैलाली र कञ्चनपुुरमा साढे १२ लाख बढीको अवैध सामान बरामद गरिएको छ।प्रहरीले कैलालीको विभिन्न स्थानबाट दुई लाख ६९ हजार र कञ्चनपुुरको शुक्लाफाँटा नगरपालिका-११ को कलुवापुरबाट जिपसहित १० लाखको अवैध सामान बरामद गरिएको जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकाका ३, ७, १२ तथा भजनी नगरपालिकाको वडा नम्बर ३ बाट दुई लाख ६९ हजार आठ सय रुपैयाँ बराबरका चिनी,लेडिज सुट,धोती,अचार,सेतो प्लाष्टिक,दुई वटा मोटरसाइकल लगायतका सामानहरु बरामद गरिएको छ।

अवैध सामान ल्याइरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-१० बस्ने २२ वर्षीय सन्तोष ठाकुरलाई नियन्त्रणमा लिइएको छ।

यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ को कलुवापुरस्थित राजमार्गबाट आईतवार राती म १ च ६९५ नम्बरको बोलेरो जिपमा अवैध रुपमा ल्याइएका पाँच सय वटा कुखुरा बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय झलारीको टोलीले भीमदत्त नगरपालिका-११ बस्ने ४० वर्षीय शेरसिंह खडकालाई समेत नियन्त्रणमा लिएको छ।

अवैध कुखुरा र जिप समेत गरेर १० लाखको मूल्यांकन गरेर प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएकमो जनाएको छ।