अखिल(क्रान्तिकारी)को चितवनमा एकता भेला तथा प्रशिक्षण सम्पन्न

काठमाडौं। अखिल(क्रान्तिकारी) चितवन जिल्लाको एकता भेला,प्रशिक्षण तथा बैठक चितवनको सप्तगण्की बहुमुखी क्याम्पसमा सम्पन्न गरिएकाे छ। त्यस्तै भेलाले सविन खड्काको संयोजकत्वमा ३५ सदस्य जिल्ला संगठन समिति भेलाद्धारा निर्वाचित गरेको छ।

भेलामा प्रमुख अतिथि अखिल(क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राइ, क्रान्तिकारी कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्चार्ज धुर्व रावल, अखिल(क्रान्तिकारी) केन्द्रीय सहसंयोजक तथा बाग्मती प्रदेश इन्चार्ज शिलु न्यौपाने, क्रान्तिकारी कम्युनिष्ट पार्टी चितवन जिल्ला सहसंयोजक दुर्गा सुवेदी, अखिल(क्रान्तिकारी) वागमती प्रदेश संयोजक उषाकिरन आजात, धादिङ जिल्ला संयोजन बद्रि अखिल(क्रान्तिकारी), सचिवालय सदस्य तथा उपत्यका पश्चिम कमान्डका विकल्प खत्रीलगायत नेताहरुको आतिथ्यतामा कार्यक्रम भएकाे थियो। भेला सानदार रुपमा सम्पन्न भएको सहसंयोजक न्यौपानेले बताउनु भयाे।

साथै कृषि तथा वन विश्वविद्यालय रामपुरका उपकुलपति प्रा.डा पुन्य प्र.रेग्मीसँग पनि समसामयिक विषयमा भेटघाट तथा छलफल गरिएकाे छ।