नेविसंघको केन्द्रीय समितिमा अछामबाट सुशिल जंग कुँवर मनोनित

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समितिमा अछामबाट सुशिल जंग कुँवर मनोनित भएका छन्। नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघमा विगत लामो समयदेखि विद्यार्थीका हक अधिकारका निम्ति विभिन्न मोर्चामा काम गर्दै संगठनलाइ बलियो बनाउन ठूलो योगदान दिदै आएका छन्।

त्यस्तै कुवरले नेविसंघको विभिन्न तहको जिम्मेवारी समेत कुसलता पूर्वक निर्वाह गरि सकेका छन्। उनले अछाम-काठमाडौं सम्पर्क समितिको कार्यवहाक सभापति,पोखरा विश्वविद्यालय समन्वय समितिको सभापति र क्याम्पस इकाइ सभापतिलगायतका विभिन्न जिम्मेवारी पुरा गरेर अहिले केन्दीय सदस्यमा मनोनित भएका छन्।

त्यसैगरी अबका दिनमा थप जिम्मेवार भएर विद्यार्थीका हक अधिकारका निम्ति सशक्त भएर अगाडी बढ्ने कुँवरले बताएका छन्। अबका दिनमा नेविसंघलाइ सबै विद्यार्थीहरूकाे साझा संस्थाका रूपमा स्थापति गर्दै अगाडी बढाउने जिम्मेवारीका साथ काम गर्ने उनले बताए। 

पार्टी सभापति शेरबहादुर देउवाले थप ७१० जनालाई मनोनीत गरेका हुन्। यसअघि ०७८ को चैतमा देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष बनाएका थिए।

एक वर्षभित्र महाधिवेशन गर्ने जिम्मेवारी पाएका शेर्पाले दुई वर्षपछि बल्ल केन्द्रीय समिति पाएका छन्। अब नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनेको छ।