प्रहरीका ५ एआईजीको सरुवा,को कहाँ ?

काठमाडौं। सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ। प्रशासन विभागका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ। मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको छ। कार्यविभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ।

अरु तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ।