नेपाल प्रहरीका ५ एआईजीको सरुवा भए लगत्तै प्रधानमन्त्री भने भोलिदेखि संसदको अवरोध हट्छ

फाइल तस्वीर

काठमाडौं।नेपाल प्रहरीका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरिएको छ। केही दिनअघि एआईजीहरूको सरूवा गर्ने भनेपछि सरकारले काेही कसैकाे प्रभावमा परेर अनुसन्धानमा खटिएका प्रहरीहरूकाे सरूवा गर्न नहुने भन्दै आलाेचना सुरू भएकाे थियाे। तर सरकारले अनुसन्धान प्रभावित पार्न प्रहरी अधिकारीहरूकाे सरूवा गरेकाे टिप्णी हुन थालेकाे छ।    

त्यस्तै नेपाल प्रहरीका ५ एआईजीको सरुवा भए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि संसदको अवरोध हट्ने बताएका छन्। 

याे प्रधानमन्त्रीकाे भनाइले के नेकपा एमालेकाे दबाबमा परेर पाँच जना एआईजीकाे सरूवा गरेकाे हाे त? भन्ने प्रश्न उठे्काे छ। प्रधानमन्त्रीकाे याे भनाइले अनुसन्धान सुन काण्ड र ललिता निवास जग्गा प्रकरणमा भएका अनुसन्धान प्रभावित पार्ने मुख्य उद्देश्य रहेकाे जस्ताे देखिन्छ।  

त्यस्तै प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका हुन् ।

शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने बताएका हुन् ।

संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने बताए ।

आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुने उनको भनाइ छ।

हामीले निरन्तर पहल गर्दै आएका छौं हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौं। आशा छ भोलि सदन खुल्छ,उनले भने।

त्यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ। प्रशासन विभागका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ। मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको छ। कार्यविभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ।

अरु तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ।