फुटबलर विमल घर्ती मगर प्रेमिका लिनासँग वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले आफ्नो प्रेमिका लिना प्रधानसँग विवाह गरेका छन्।

विमलले आइतबार मन्दिरमा परिवारजनको उपस्थितिमा लगनगाँठो कसेका हुन्। लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो।

विमलले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गरेका थिए। विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध खेल्दै डेब्यु गरेका थिए।