समाजवादी मोर्चाको बैठक भोलिसम्म स्थगित

काठमाडौं। चार दल सम्मिलित समाजवादी मोर्चाको आज साँझ बस्ने भनिएको बैठक स्थगित भएको छ। आज साँझ ६ बजेका लागि बैठक सोमबार बिहान साढे ७ बजे बस्नेगरी स्थगित भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको थियो । बैठक नेकपा ९एकीकृत समाजवादी० पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि मोर्चाको सरेको बैठक आजको लागि बोलाइएको थियो। मोर्चा गठन भएको करिब तीन महिनापछि भोलि दोस्रो बैठक बस्ने भएको हो। मोर्चामा नेकपा (माओवादी केन्द्र),जनता समाजवादी पार्टी,नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन्।