दलहरूबीच दुईबुँदे सहमति,छानविन आयोग गठन गर्ने

काठमाडौं। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुको सर्वदलीय बैठकमा दुईबुँदे सहमति भएको छ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठकमा दलबहरुबीच दुईबुँदे सहमति भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सुन प्रकरणमा केन्द्रीय अनुसन्धान व्युरोले निश्पक्ष अनुसन्धान, छानविन गरि तस्करीमा संलग्न व्यक्तिहरुलाई अभियोजन गर्ने र उच्चस्तरीय छानविन आयोग गठन गर्ने सहमति भएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी रहेका छन्।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारवाहीमा अवरोध गर्दै आएको थियो।

तर संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले गत सोमबार सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने उच्च स्तरीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति गरेका थिए।