संकटमा पर्दै माधव नेपाल अध्यक्ष डुवालसहित ६२ जना एमालेमा प्रवेश

काठमाडौं। नेकपा एकीकृत समाजवादी सुर्खेत अध्यक्ष मोहनसिंह बडुवालसहित ६२ जना एमालेमा प्रवेश भएका छन्।एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन्।

पार्टी विभाजन हुनु भन्दा अगाडि उनी एमालेको जिल्ला सचिव रहेका थिए। पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए।

२०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए।

समाजवादीका प्रदेश कमिटी सदस्यहरू,सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनमा रहेकाहरु पनि एमालेमा फर्केका छन्।