बाराको चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं। बाराको जीतपुरसिमरा चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

तीर्थयात्री बोकेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर खोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका १९ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।