सरकार र शिक्षकबीच गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं। शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका सरकार र शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता जारी छ। बिहीबार साँझ ७ बजेदेखि गृह मन्त्रालयमा सरकार र शिक्षकहरूबीच वार्ता जारी रहेको छ।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङकाे उपस्थि रहेको छ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा आन्दोलन गर्दै आएको छन्।