क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। क्यानको नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको निर्वाचनका लागि भावी अध्यक्षमा चन्दको मात्रै उम्मेदवारी रहेकाले उनी निर्विरोध रुपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

यसअघि बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिपछि चन्द सर्वसम्मत निर्वाचित भएका हुन्।

उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेका भण्डारीले अन्तिम समयमा आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका हुन्।

उम्मेदवारी मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको थियो। क्यानको नयाँ नेतृत्व चयनका लागि मतदाताको नामवलि पनि सार्वजनिक गरिसकेका छन्। अन्य पभाधिकारीका लागि भने निर्वाचन हुने छ।