काठमाडौंबाट गरिब नभएर गरिबीलाई लखेटौं :अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरले फुटपाथ व्यवसायीलाई एक्कासी हटाउन नहुने बताएका छन् ।

आज (मंगलबार) सामाजिक सञ्जालमा फुटपाथ व्यापारको एक फोटोसहित स्टाटस लेख्दै उनले यस्तो बताएका हुन्।

परम्परागत रुपमा चल्दै आएको कुरालाई एक्कासी परिवर्तन गर्दा खल्बली हुनु स्वभाविक र वैज्ञानिक भएको समेत उनले बताएका छन्।

अध्यक्ष ओलीले फुटपाथ पैदल यात्री सहज रुपमा हिँडुन भनेरै बनाएको भएता पनि परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजारा व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने कुरा रहेको बताएका छन्।

उनले फुटपाथ व्यापार परम्परादेखि चलिआएको उल्लेख गर्दै नेवारी व्यापार संस्कृतिको अंशसमेत बताएका छन्। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि फुटपाथ व्यापार चलिआएको र पुराना किताब, ईतिहास र कथाहरुमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पाइने ओलीको भनाई छ।

महानगरले फुटपाथ व्यापारीलाई व्यवस्थापन नगरेरै हटाएपछि व्यापारीहरुले यसको चर्को विरोधसमेत गरेका थिए।

यही विषयलाई लिएर अभियन्ता ईः लगायतले महानगर कार्यालयअगाडी उभिएर आन्दोलन गरिरहेका छन्।