सुनको मूल्य तोलामा १४ सयले घट्यो

काठमाडौं। बिहीबार सुन र चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार एक सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोएिको छ।

बुधबार प्रतितोला एक लाख ११ हजार रुपैयाँमा छापावाल, एक लाख १० हजार ४५० रुपैयाँमा तेजावी सुन र १ हजार ३८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो।