एसीसी यू-१९ प्रिमियर कप: नेपालले बहराइनविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दैछ।

समूह ए मा रहेका नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ। बहराइनले टस जितेपछि नेपालले फिल्डिङ गरिरहेको छ।

नेपालले यसअघि समूहको पहिलो खेलमा इरानलाई पराजित गरेको थियो।

बहराइन भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो। साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ।

नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ।

१६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष तीन टोली यू(१९ एसिया कपका लागि छनोट हुनेछ।