कोशी प्रदेशका मुख्यमन्त्री कार्की आज शपथ लिने

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस सांसद केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई आज प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराउनेछन्।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए।