दसैँमा घर जाने सैनिक परिवारलाई निःशुल्क यातायात

काठमाडौं। दसैँमा घर जाने नेपाली सेनाका बहालवाला सैनिक र उनीहरुका परिवारले निःशुल्क यात्रा गर्न पाउने भएका छन्।सडक मार्गमा बस र दुर्गममा हवाई उडान मार्फत घर जान यातायात सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ।

बडादसैँमा घर जाने सैनिक तथा परिवारका सदस्यहरुले असोज २१ बाट नै यात्रा गर्न थालेका छन्।

सहुलियत यातायात सुविधा कार्तिक २ गतेसम्म संचालन हुनेछ। सैनिक प्रवक्ता भण्डारीका अनुसार मंगलबार सम्ममा बस मार्फत ४ सय २१ जना र हवाई उडान मार्फत ६ सय ५ जनाले यात्रा गरिसकेका छन्।