राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित,अब कात्तिक १७ र १८ गते खुवाउने

काठमाडौं। बालबालिकालाई खुवाउने ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ स्थगित भएको छ। परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखाका अनुसार बालबालिकाहरूका लागि हरेक वर्ष राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रमको निर्धारित समय कात्तिक २ र ३ गते दसैँको बेला पर्न गएकोले उक्त कार्यक्रम स्थगित गरिएको हो।

‘भिटामिन ए कार्यक्रम’ अब यही कात्तिक १७ र १८ गते सञ्चालन हुने महाशाखाले जनाएको छ। भिटामिन ए नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई खुवाइनेछ।

यस्तै १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ।