मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका हुन्।

कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो। एक जना भने अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।