त्रिदेशीय टी-२० सिरिजमा नेपालको चौथो जित, युएई ५ विकेटले पराजित

काठमाडौं। त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ। सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।

चार बल बाँकी रहँदा नै नेपालले युएईले दिएको १६५ रनको लक्ष्य पूरा गरेको हो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४० रन बनाए। नेपालका ओपनर आशिफ शेखले ६२ रन बनाए। अर्का ओपनर कुशल भुर्तेल एक रन, कुशल मल्ल शून्य र सोमपाल कामी दुई रनमै आउट भए।

कप्तान रोहित पौडेलले ४७ रन बनाएर आउट भए। बलिङतर्फ अन्तिम ओभरमा करण केसीले अलि नसिरलाई आउट गरेका थिए।

त्यसअघि अविनाश बोहराले युएईको दुई महत्वपूर्ण विकेट लिए। युएईका बसिल हमिद र भ्रित्य अरविन्दलाई अर्धशतक बनाउनबाट बोहराले रोकेका हुन्। उनीहरू दुबैजना ४५ रन बनाएर आउट भएका थिए।

त्यसअघि कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट भएका थिए। उनी ९ रन बनाएर आउट भएका हुन्।