टी-२० विश्वकप छनोटमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन्।

छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन्। कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबिच खेल हुनेछ।

उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ।
सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ।

यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल हुनेछ। त्यो खेल नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे सुरु हुनेछ।

सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलाइने छ।