भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, ३७५ घाइते

काठमाडौं। जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन्। गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।

सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार गरिएको छ। काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण कति घर क्षति भयो भन्ने विषयमा सरकारको आधिकारिक सूचना दिएको छैन।