भूकम्पले ९१० वटा भवन पूर्ण रूपमा क्षति

काठमाडौं ।जाजरकोट र रूकुम पश्चिममा ९१० वटा घर भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको छ।

शुक्रबार राति ११:४७ जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ९१० वटा घर पूर्ण रूपमा क्षति पुगेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ।

यस्तै २ हजार ८६१ घरहरूमा आंशिक रूपमा क्षति पुगेको छ। जाजरकोट, रूकुम पश्चिमसँगै कर्णाली प्रदेशका अन्य केही जिल्लाका केही घरहरूमा पनि आंशिक रूपमा क्षति पुगेको छ।

भूकम्पका कारण दुई जिल्लामा मात्रै १५७ जनाको मृत्यु भएको हो। आफन्तले उक्त शव बुझिसकेका छन्।

जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा २७ जनाको मृत्यु भएको थियो। अहिले पनि विपद् व्यवस्थापनको लागि प्रहरीमात्रै एक हजार ६४ जना खटिएका छन्।

त्‍यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेनाको पनि छुट्टाछुट्टै टोली खटिएर उद्धार तथा व्यवस्‍थापनको काम भइरहेको छ।

भूकम्पमा परी साढे २ सय बढी मानिसहरू घाइते भएका छन्।

१४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। अझै ११० जना उपचाररत छन्।