काठमाडौंमा राति १ बजेसम्म देउसी खेल्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकामा राति एक बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ।

महानगरपालिकाले नगर प्रहरीको पेट्रोलिङमा देउसी भैलो खेल्ने समय एक बजेसम्म राखिएको महानगरका मेयर बालेन साहले जनाएका छन्।

मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्। ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति एक बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं, सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं।

अघिल्ला वर्षहरुमा महानगरमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने नियम थियो।