बाजुरामा बोलेरो जीप दुर्घटनाः एकको मृत्यु, एक घाइते,चालक प्रहरी नियन्त्रणमा

बाजुरा। बाजुरा जिल्लाको हिमाली गाउँपालिका धुलाचौर नजिककै बोलेरो जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको छ। जिप दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ।

बिहिवार धुलाचौरबाट कोल्टीतर्फ जाँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप वडा नं ६ धुलाचौर बजार नजिकै दुर्घटना भएको हो। उक्त बोलेरो जीपमा चालकसहित चार जना सवार रहेका थिए।

बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका ९ का अन्दाजी २७/२८ बर्षका मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुरा जनाएकाे छ।

उनलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याइएको र त्यस लगत्तै अस्पतालले मृत घोषणा गरिको प्रहरीले जनाएकाे छ।   त्यस्तै जीपमा सवार जिल्लाको गौमुल गाउँपालिका ३ का अन्दाजी १८/१९ बर्षका बसन्त धामी घाइते भएका छन। उनको खुट्टामा चोक लागेको र अवस्था सामान्य रहेको छ।

चालकसहित एक जना भने सकुशल रहेका नछ्। जीप चालक खत्याड गाउँपालिका ९ का दल बहादुर लावणलाई प्रहरीले नियन्त्रण लिइसकेको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।