करेन्ट लागेर नेपाली सेनाका हवल्दारको मृत्यु

काठमाडौं । नुवाकोटमा करेन्ट लागेर नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ। विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शनिबार साँझ उनलाई नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा करेन्ट लागेको थियो।