गठबन्धनको बैठक सकिएलगत्तै ओली बालुवाटार पुगे

फाइल तस्बिर

काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन्। सत्ता गठबन्धनको बैठक सकिएलगत्तै ओली बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरू बालुवाटार पुगेपछि संयुक्त बैठक बस्ने बताइएको छ।

यद्यपि सत्ता गठबन्धनको बैठकमा के सहमति भयो भन्ने सार्वजनिक भइसकेको छैन। यसअघि बुधबार बिहान माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो। त्यसअघि एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच लगातारजसो भेटवार्ता र छलफल हुँदै आएको छ।

कांग्रेससँगको वार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेलाई केही सिट दिएरसँगै लैजान प्रस्ताव गर्दै आएका छन्।