सत्ता गठबन्धनले एमालेसँग छलफल गर्ने

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्ने भएका छन्। एमालेसँग साँझ पाँच बजे छलफल गर्ने तयारी छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए। यो छलफलमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक आज अपराह्न तीन बजे बस्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। त्यसपछि साँझ ५ बजे फेरि नेकपा एमालेसँग संयुक्त बैठक बस्ने ती नेताले बताए।

बुधबार बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए।