यस्तो छ आज दिनभरकाे माैसम पूर्वानुमान

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश भू–भागहरुमा हुस्सुरकुहिरो लागेको अवस्था रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

बुधबार दिउँसो कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।