प्रधानमन्त्री कप क्रिकेट: आज ३ खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।

आजको पहिलो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच ९ बजेदेखि सुरु हुँदैछ ।

बाँकी दुई खेल भने काठमाडौंमै हुनेछन् ।कीर्तिपुरको मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल सुरु हुनेछ भने मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेश प्रदेशबीच खेल हुँदैछ। दुबै खेल सवा ९ बजेदेखि सुरु हुनेछन्।

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपीएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ। एपीएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ।

यस्तै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ,मधेश प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन्।

दुई दुईवटा खेल खेलेका गण्डकी,बागमती र कोशी प्रदेश हालसम्म जितविहीन छन्।