हुन्डी र सुन करोबारको आरोपमा नरेश अग्रवाल पक्राउ, दुई करोड बढी नगद बरामद

सांकेतिक तस्वीर

काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाल दुई करोड बढी नगदसहित पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा बिहीबार राति छापा मारेर उनलाई नगद सहित पक्राउ गरेको हो।

अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि विभागले निगरानी गरिरएको थियो। विभागका अनुसार उनकाे साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ।

अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ। उनलाई राजस्वको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।