आयल निगमको कार्यकारी निर्देशक पदका लागि १३ जनाको सर्टलिष्ट

काठमाडौं। नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि लागि १३ जनाको नाम सर्टलिष्टमा परेका छन्। सर्टलिष्टमा परेकाहरुमा विषेश आर्थिक क्षेत्रका कार्यकारी निर्देशकदेखि विज्ञहरु सर्टलिष्टमा परेका हुन।

उनीहरुको व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि फागुन २ देखि ५ गतेसम्मका लागि बोलाइएको छ।

सार्वजनिक सूचना अनुसार कार्यकारी निर्देशकका लागि छनौट भएका उम्मेदवारहरुमा विषेश आर्थिक क्षेत्रका प्रमुख चण्डीका प्रसाद भट्ट पनि १३ जनाको लिष्टमा परेका छन्।

त्यस्तै, ई कमलेन्द्रलाल कर्ण,डा.उत्तरकुमार रेग्मी, ई .डा .डोलप्रसाद चापागाई, ई.सहदेव चन्द, पंकजकुमार दास, रामदेव यादव, संजिवकुमार देव सर्टलिष्टमा परेका छन्।

त्यस्तै, दिलिप शेखर श्रेष्ठ, माधव रेग्मी, बसन्त कुमार पाण्डे, डोलिन्द्र प्रसाद शर्मा र शत्रुघ्न प्रसाद पुडासैनी रहेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिद्वारा दरखास्त आह्वान गरेको थियो।