क्यानडाविरूद्ध टस जितेको नेपालले बलिङ गर्ने

काठमाडौं। क्यानडाविरूद्धको तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाली टिमबाट तीव्र गतिका बलर हेमन्त धामीले डेब्यू गर्दैछन्।

टिममा आसिफ शेख, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाललाई बेन्चमा छन्। अनिल साहले आजको खेलमा विकेटकिपरको भूमीका निर्वाह गर्नेछन्।

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ। फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।

कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।