अनिल शाह र देव खनाल नेपालको लिग-२ टोलीमा समेटिए

काठमाडौं। आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार शाह र देव खनाल समेटिएका छन्।

यसअघि वैकल्पिक खेलाडीका रूपमा रहेका अनिल र देव दुवै क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए। लगत्तै उनीहरू लिग–२ को लागि टिममा परेका हुन्। यससँगै अर्जुन साउद र रिजन ढकाल भने टिमबाट बाहिरिएका छन्।

लिग–२ अन्तर्गतको पहिलो सिरिज टियु क्रीकेट मैदानमा बिहिवारदेखि सुरु हुनेछ। नेपाल, नेदरल्यान्ड र नामिबियाबिच यस सिरिजमा प्रतिस्पर्धा हुनेछ। नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।