डीडीसीका महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यकक्षमै दुर्व्यवहार गरेका छन्।

शुक्रबार बिहान १० बजे कार्यालय खुलेपछि क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले महाप्रबन्धक झामाथि उनकै कार्यकक्षमा पुगेर कालो मोसो दलेर दुर्व्यवहार गरेका हुन्।

दुध बेचेको करिब १७ करोड रूपैयाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डीडीसीले किसानबाट दुध खरिद गरेको ८५ करोड रूपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा-बढुवामा आर्थिक लाभ लिएको, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड घाटामा लगेकोलगायतका आरोपमा झालाई कालोमोसो दलिएको क्रान्तिकारी युवा संगठनले जनाएको छ।