बालुवाटारमा समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं। समाजवादी मोर्चाको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजेपछि बस्नेगरी बैठक तय भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा मोर्चाले अहिलेसम्म देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको खतिवडाले बताए।

बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था,अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल हुनेछ।

मोर्चामा नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्।

मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।