जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाइते

तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको छ।

पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो। दुर्घटनामा परी अरू ६ जना घाइते छन्।

डिएसपी खाँणका अनुसार दुर्घटनापछि घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो।

दुर्घटनामा परी एउटै वडाका ९इच्छाकामना गाउँपालिका–५० का डम्बरबहादुर गुरुङ, कमल गुरुङ, रुद्रबहादुर चेपाङ र जित गुरुङ घाइते भएका छन्।

दुर्घटनामा सोही गाउँपालिकाको वडा नं.६ का रूपक गुरुङ र भरतपुर महानगरपालिका–२९ का टेस्टबहादुर गुरुङ घाइते भएका छन्। घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।