त्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता हुँदै

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै छ। त्रिवि उपकुलपति सिफारिस समितिले सर्टलिष्टमा परेको १४ जनाको अन्तर्वार्ता लिन लागेको हो। त्यसका लागि आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय,सिंहदरबारमा बोलाएको छ।

अन्तर्वार्तामा समिति सदस्यहरू तथा विज्ञहरूको उपस्थिति रहनेछ। यसअघि सर्टलिष्टमा परेकाहरूको सोचपत्र तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो। प्रस्तुतीकरणको कार्य सकिएपछि अन्तर्वार्ताको बोलाइएको हो।

अन्तर्वार्ताका लागि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी,चित्रबहादुर बुढाथोकी,ज्ञानेन्द्रप्रसाद पौड्याल,टंकनाथ धमला र तीर्थराज खनियालाई बिहान साढे ८ बजे बोलाइएको छ।

त्यस्तै दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे,भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापालाई अन्तर्वार्ताको लागि बोलाइएको छ।

अन्तर्वार्तापछि समितिले सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको उपकुलपति नियुक्तका लागि कुलपति समक्ष सिफारिस गर्नेछ।