वाफ वुमन्स च्याम्पियनसिप: आज नेपालले प्यालेस्टाइनसँग खेल्दै

काठमाडौं । साउदी अरेबियामा जारी ‘वाफ वुमन्स च्याम्पियनसिप २०२४’मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ।

यसअघि समूह ‘बी’बाट नै दुवै टोली सेमिफाइनल पुगिसकेकाले आजको खेलमा समूह विजेताको निर्णय हुनेछ। आजको खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुँदैछ। खेल अहिले ११ बजेबाट सुरु हुँदैद्ध।

पहिलोपटक यस प्रतियोगिता खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४–१ र दोस्रो खेलमा इराकलाई ५–० ले पराजित गरेको थियो।

उता प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० र दोस्रो खेलमा सिरियालाई १–० ले हराएको थियो। प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा लेवानानसँग खेल्नुपर्नेछ।