जनताः महिनाभरि काम गर्दा पनि तलब नपाउने,सांसदहरु कामै नगरेपनि मोजमस्ती गर्ने

प्रायजसो हरेक निजी संघसंस्था, पसल, फर्म, होटललगायतमा तोकिएकोभन्दा बढी काम लगाइन्छ। सरकारले बनाएको कानूनअनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउनुपर्ने हो। यद्यपि,अधिंकाश श्रमिकलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म काममा लगाइन्छ।

श्रम शोषण गरिन्छ। काम गरेको ठाउँमा न त पानी दिइन्छ न त खाजा । उपचार खर्च, दशैं पेश्की त परको कुरा हो। एक दिन छुट्टी लिएमा समेत तलब काटिदिइन्छ। सरकारले श्रमिकलाई अनिवार्य १७ हजार तीन सय रुपैयाँ मासिक रुपमा उपलब्ध गराउनुपर्ने भन्छ।

बिडम्वना, अहिले पनि श्रमिकहरु बिहानदेखि बेलुकासम्म सातदेखि दश हजार तलबमा महिनाभरि काम गर्न बाध्य छन्। थोरै तलब भएपनि कामदारहरु इमान्दारिताका साथ आफ्नो काम गर्छन्। दिएको जिम्मेवारी पूरा गर्छन्। यति थोरै तलबमा काम गर्दा पनि कतिपयले वर्षोदेखि तलब पाएका छैनन्।

अधिंकाश श्रमिक वर्षोको तलब माया मारेर कामबाट निस्किनु परिरहेको छ। महंगी सबैको लागि बढेको छ । कोठा भाडा पनि तिर्ने पर्छ । गाडी पनि चढ्नै पप्यो। बालबच्चालाई पनि पढाउनै पप्यो। तर, काम गरेपनि वर्षोदेखि तलब नपाएका यीनीहरु जतिसुकै पीडा भएपनि सहेर बसेका छन्।

बाटोमा धेरै भरियाहरु बसिरहेका हुन्छन्। उनीहरु भारी बोक्छन्। भारी बोकाउने मानिसहरुले जति पैसा दियो,उनीहरु त्यति नै थाप्छन्। उनीहरु आफुखुशी मान्दैनन्। किनकि पहिल्यै पैसा मागेमा मानिसले भारी नबोकाउने उनीहरुलाई थाहा छ।

यता, जनताबाट चुनिएर आएका जनप्रतिनिधि सांसदहरु भने महिनाभरि एउटा पनि विधेयक पास नगरी तलबभत्ता र सेवासुविधा उपलब्ध गर्छन्। बाटोमा भारी बोक्ने भरियाको जति पनि इज्जत नभएका व्यक्तिहरु सांसद भएका छन् । जनता र राष्ट्रको हितमा काम गर्न छोडेर सांसदहरु सदनमा जोहेरी खेलिरहेका छन्।

एकअर्कामाथि आरोप प्रत्यारोप लगाउँछन्। अनि संसद अवरोध गर्छन्। यति बाहेक सांसदहरुलाई अरु केही गर्न आउँदैन । सदन राम्रो सँग चलाउन नसक्ने सभामुख देवराज घिमिरे पनि नैतिकताको आधारमा राजीनामा दिदैंनन् । सांसदहरुको तलबभत्ता र सेवासुविधाका लागि मात्र जनताले तिरेको अर्बो कर मासिक रुपमा खर्चिन्छ।

सांसदहरु तलबभत्ता र सेवासुविधा खुशीखुशी लिन्छन् । बिरामी नभएपनि अनावश्यक चेकजाँच गरी उपचार खर्च समेत लिन्छन् । तर, विधेयक पास गर्ने बेला भने सदनमा हुदैंनन्। कामै नगरी मासिक लाखौं तलब र सेवासुविधा लिन यीनीहरु लाज लाग्नु पर्दैन ?

सदन चलिरहेकै बेला पनि कतिपय सांसदहरु निदाइरहेका हुन्छन् । सांसदहरु सबै रोगी छन् । कोही मृर्गौला पीडित छन् त कोही प्रेसर, सुगर । अनि यस्ता रोगी सांसदहरुले देश र जनताको लागि के काम गर्छन् ? कोही सांसदमाथि सहकारी ठगीको आरोप लागेको छ भने कोही दलाल छन्।

बजार पूरै मन्दी छ । जुत्ता सिलाउने समेत व्यापार ठप्प भएको बताउँछन्। बिडम्वना, जनप्रतिनिधि र कर्मचारीहरु भने देशै धितो राखेर विदेशीसँग ऋण लिई कामै नगरी तलबभत्ता र सेवासुविधा उपभोग गरिरहेका छन्। सदनमा भएका विपक्ष दललाई देश र जनताको केही मतलब छैन।

उनीहरुले देश र जनताको लागि आवाज उठाउन सक्दैंनन् । र, राजनीतिक स्वार्थका लागि मन्त्रीको राजीनामा माग्दै सदन नै अवरोध गर्छन्। नेपालले विदेशीसँग कति खर्ब ऋण लिइसक्यो ? भनेर सांसदहरुलाई थाहा छैन । पढेलेखेका सांसद पनि त सदनमा छैनन्।

कोही अभियन्ताको नाममा यहाँका आइपुगेका छन्। कोही जनतालाई भ्रममा पारेर त कोही राजनीतिक पार्टीको झोला बोकेर। अनि यस्ता सांसदहरुसँग के ज्ञान हुन्छ ?

देशको बारेमा यीनीहरुलाई के थाहा हुन्छ र ? नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले तलबभत्ता नलिने र राज्यबाट उपलब्ध सेवासुविधा पनि उपभोग नगर्ने घोषणा गरेका थिए।

उनीबाहेक कुनै पनि राजनीतिक दलका सांसदहरुले तलबभत्ता र सेवासुविधा नलिने भनेका छैनन्। उल्टै काठमाडौंमा घर भएका सांसदहरुले समेत घर भाडा लिइरहेका छन्।

कतिपय सांसद त अझै तलब र सेवासुविधा कम नभएको गुनासो गर्छन्। तर, कामै नगरी जनताले रगत पिसाब बगाएर तिरेको करबाट तलबभत्ता र सेवासुविधा लिन यीनीहरुलाई लाज लाग्नुपर्ने हो नि।

अहिले देशको आर्थिक अवस्था कस्तो छ ? भनेर सर्वसाधारणलाई थाहा छ। तर, सांसद र सभामुखलाई थाहा छैन। जनप्रतिनिधिहरु नै देश बेच्न लागिपछि जनताको के लाग्छ ? हाम्रो देशका जनता पनि जनता छैनन्। सबै राजनीतिक दलका कार्यकर्ता छन्। श्रींलकामा आर्थिक मन्दी सुरु हुनुबित्तिकै त्यहाँका जनता पार्टीको कार्यकर्ता नभई जनता भएर उत्रिए।

राष्ट्रपतिलाई देशबाट लखेटे । केही वर्षअघि भारतमा आर्थिक मन्दी देखिनेबित्तिकै त्यहाँको सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाई दुई हजारको नोट निकाल्यो । नेपालमा त न सरकार केही गर्छ न जनता नै देश बचाउन सडकमा उत्रिन्छन्।

मारवाडीहरुले यहाँको पैसा जति सबै आफ्नो देश लगिसकेका छन् । त्यस्तै, सर्वसाधारण पनि घरघरमा पैसा लुकाएका छन् । मुलुक मन्दीमा छ। सहकारी भाग्यो। नभागेको सहकारी पनि डुब्यो । बैंकमा पनि यस्तै समस्या देखिन थालिसकेको छ । घरजग्गा, गाडी र सेयरको कारोबार ठप्प छ ।

दिनहुँ हजारौं युवाहरु रोजगारीका लागि खाडी पुगेका छन् । उनीहरुलाई थाहा छैन कि पैसा कमाएर फर्किन्छ कि बाकसमा आफ्नो शव । गरिबी, बेरोजगारी र महंगीका कारण कोहीले आफ्नो परिवारै सखाप पारेका छन् । मुलुक कालिलाग्दो अवस्थामा पुगिसकेको छ । जनताहरु बाँच्नै नसक्ने अवस्थामा आइपुगेका छन् ।

अहिले सर्वसाधारण भन्छन्, ‘देश पनि रहन्छ कि रहँदैन ? कसले नेपाल लग्ने हो ठेगान छैन ।’ यस्तो अवस्थामा सरकार र सरकारमा बसेकाहरुले आवश्यक कदम चाल्नुपर्ने हो । जनप्रतिनिधिहरुले आफुले पनि तलबभत्ता र सेवासुविधा नलिने र कर्मचारीहरुको पनि कटौती गर्नुपर्ने हो ।

तर, जनप्रतिनिधि (सांसद) हरुले कहिल्यै देश र जनताको लागि सोचेनन्। कताबाट कमिशन आउँछ ? भनेर सांसदहरु सोचेर बसिरहेका हुन्छन् । र, काम गरेपनि पार्टीको हितको लागि मात्र गर्छन्। हामी जनताले पनि देश र जनताको लागि काम गर्न नसक्ने रोगी, गुण्डा र ठगहरुलाई भोट दिँदा आज त्यसको परिणाम भोग्नुपरिरहेको छ।

अब देश बचाउनु छ भने सर्वसाधारणले सांसद भवन घेर्नुपर्छ। कामै नगरी तलबभत्ता र सेवासुविधा लिने सांसदहरुलाई सांसद भवनमै थुन्नुपर्छ। कालोमोसो दल्नुपर्छ र जुत्ताको माला लगाइदिनुपर्छ। जनताहरु अब पार्टीको कार्यकर्ता हुनुहुन्न। देशको बारेमा सोच्नुपर्छ। र, राष्ट्रको नागरिक हुनुपर्छ।

८१ वर्ष पुगिसकेका व्यक्ति पनि सांसद भएका छन् । उनीहरु आफैंलाई त समाल्न सक्दैंनन् । अनि देश र जनताको लागि के काम गर्छन् ? फेरि राज्यबाट उपलब्ध हुने सेवासुविधा र तलबभत्ता पनि उनीहरु त्याग्दैंनन् । मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्दा र विदेशीले नेपालमा राज गर्दा समेत सांसदहरु बोल्न सक्दैंनन् ।

नेपाल नै नरहे आफुहरु सांसद पनि नहुने र आफ्नो घरजग्गाको लालपूर्जा पनि नरहने भनेर सांसदहरुलाई थाहा छैन । अहिले जो पनि आफ्नो स्वार्थको लागि काम गरिरहेका छन्। भ्रष्टाचार गरेर, राज्यलाई छलेर, ठगेर वा गैरकानूनी काम गरेर नेता, कर्मचारी, व्यापारी होस् या जनता, सबैले आफुलाई पुग्ने सम्पत्ति जोडिसकेका छन्।

तर, भोलि देशै रहेन भने यीनीहरुले त्यो सम्पत्तिको के गर्छन् ? सांसद भवनअगाडि सांसदहरु सरकारी गाडी चढेर भित्र छिरेको वा बाहिर निस्किएको देखिन्छ। सांसदहरुले आफ्नो कोटमा देशको झण्डाको लोगो लगाएको देखिन्छ। यता, सर्वसाधारणहरु सांसद देख्नासाथ भन्छन्, ‘कामै नगरी देश बेचेर तलबभत्ता र सेवासुविधा उपभोग गर्ने ठग, चोर आइपुगे।

सुरक्षाकर्मीको घेरामा हुँदा समेत जनताले झलनाथ खनाल,केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हिर्काएका थिए। अझै पनि सांसदहरुले काम नगर्ने तर तलबभत्ता र सेवासुविधा मात्र लिइरहने हो भने जनताले सांसद भवनमै सांसदहरुलाई कुट्ने छन्। कालोमोसो दल्ने छन्।

पूर्वसांसद गोल्छे सार्कीले तत्कालिन सभामुख रामचन्द्र पौडेललाई जुत्तै जुत्ताले हानेका थिए। कारण थियो, पौडेलले काम गर्न सकेनन्।

अहिलेका सभामुख देवराज घिमिरेसँग पनि काम गर्ने क्षमता छैन भनेर प्रमाणित भइसकेको छ। यद्यपि, सांसदहरु केही बोल्दैनन्। सभामुखको अगाडि निरीह भएर बस्छन,सांसदहरु। सांसद र सभामुख दुवै असक्षम छन्। कोही पनि जनता र राष्ट्रको हितका लागि काम गर्न आएका होइनन्।

यीनीहरु जनताले तिरेको करमा मोजमस्ती गर्न आएका हुन्। अब प्रधानमन्त्री प्रचण्डले सांसद विघटन गरेर यस्ता काम गर्न नसक्ने सभामुख र सांसदलाई हटाउने हो कि ? अब चाँहि देशको अर्थतन्त्रको बारेमा प्रधानमन्त्रीले के सोच्ने हो कि ?

श्रींलकामा आर्थिक संकट भएपछि आर्मी कटौती गरिएको थियो। अब नेपालमा पनि आर्मी कटौती गर्ने हो कि ? देशको भूभाग भारत र चीनले लगिसक्यो।

अनि आर्मी किन चाहियो ? बरु आर्मी कटौती गरेर खर्च घटाउन सकिन्छ। प्रधानमन्त्री प्रचण्ड अब एक्सनमा जाने कि जनताले तिरेको करबाट तलबभत्ता खाएर साइन बजाउँदै सरकारी गाडी चढेर मात्र बस्ने ?