बालेनको काम गराई देखेर राजनीतिक दलहरुमा तरङ्ग,पर्दाभित्र बसेर आफ्ना कार्यकर्ता र फुटपाथ व्यवसायीलाई उचाल्दै

फाइल तस्वीर

राजनीतिक दलदेखि सरकारी कर्मचारी, व्यापारी, आम सर्वसाधारण सबै सरकारी सम्पत्ति दोहन गर्नतर्फ लागेका छन्। कसरी हुन्छ, सरकारी सम्पत्ति आफ्नो मुठ्ठीमा ल्याउनै छ। नेता र सरकारी कर्मचारी सरकारी जग्गा हडप्ने, यातायात व्यवसायी बाटो कब्जा गर्ने, व्यापारी कर तिर्ने।

यसरी राज्य लुट्ने काम भइरहेको छ। यतिबेला काठमाडौं महानगरपालिकामा एउटा घटनाले ठूलो तरङ्ग ल्याएको छ । फुटपाथमा पसल थाप्न नपाउँदा निम्तिएको विवादले चर्को रुप लिएको छ। जबकी फुटपाथ पनि सरकारी सम्पत्ति हो। सरकारी सम्पत्ति लुट्न पाउनुपर्छ भनेर अभियन्ताहरु बाहिर आएका छन्।

सरकारी सम्पत्ति कब्जा गर्नकै स्वरोजगार संघसंस्था खोलिएको छ । बाटोमा पसल राख्नका लागि पनि संघसंगठन। राजनीतिक दलको झोले बन्ने पनि एउटा हद हुन्छ। आफूलाई फुटपाथ व्यवसायीको अभियन्ता भन्ने ईः ले उनीहरुको वकालत गर्दै आएका छन्। फुटपाथमा पसलमा थाप्न पाइँदैन् भन्ने तिनलाई थाहा छैन् ?

फुटपाथ पैदलयात्री हिँड्नका लागि हो, पसल थाप्नका लागि होइन् । त्यति नै माया लाग्छ भने ईः आफैंले रोजगारी दिए भइहाल्यो । फुटपाथ व्यवसायीको पक्षमा बोलेझैं गरेर सस्तो लोकप्रियता कमाउन खोजेका उनको रणनीति कसले बुझेको छैन् ? वास्तविक कुरा के हो भने मेयर बालेन्द्र शाह र महानगर प्रमुख राजुनाथ पाण्डेले काम गरेको देख्दा राजनीतिक दललाई छटपटी भएको छ।

भित्रभित्रै राजनीतिक दलहरु जलिरहेका छन् । वर्षौंदेखि मुखले काम गर्दै आएका राजनीतिक दलहरु काठमाडौंको सुधार हेर्न सकिरहेका छैनन्। लामो समयदेखि काठमाडौंमा राजनीतिक दलकै मेयर थिए । अघिल्लो चुनावमा पनि भएजति पार्टीले मेयरमा आफ्ना उम्मेदवार उठाएका थिए।

तर, कसैले पत्याएनन्। ६३ हजार १३२ भोटसहित स्वतन्त्रबाट उठेका बालेन मेयरमा निर्वाचित भएका हुन्। काठमाडौंका जनताले बालेनलाई आफ्नो अभिभावक चुनेका हुन्। यसमा राजनीतिक दल र फुटपाथ व्यवसायीको कुनै हात छैन्। काठमाडौंबासीले आफ्नो लागि कसले राम्रो गर्छ भन्ने हेरे र भोट दिए ।

बालेन आएपछि काठमाडौंमा धेरै सुधार भएको छ। त्यसमा उनको व्यक्तिगत स्वार्थ त जोडिएको छैन्। उनले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्। जसका कारण देशभर उनको चर्चा छ। डेढ वर्षको अवधिमा काठमाडौंमा धेरै परिवर्तन देख्न सकिन्छ। यो सबैले महसुश गरेका छन्।

पार्किङको समस्याले गिजोलिएको काठमाडौं अहिले खुल्लाखुल्ला भएको छ। बाटोघाटो पनि सफा हुँदै गएको छ। सरकारी जग्गा खोज्ने क्रम जारी छ । राजश्व पनि विगतको तुलनामा धेरै उठेको छ। सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई दिइने खाजाको रकम बढाइयो। पहिले आठ कक्षासम्मलाई मात्र खाजा दिइन्थ्यो, अहिले बढाएर १० सम्मलाई दिने गरिएको छ।

अण्डरग्राउण्डमा पसल थापिएको थियो। त्यो पनि हटाइएको छ। महानगर प्रहरीहरु जोशजाँगरका आफ्नो जिम्मेवारी पूरा गर्न खटिएका छन्। तारहरु व्यवस्थापन भइरहेको छ। फुटपाथ व्यवसायी हटाएर फुटपाथलाई पैदलयात्रीमैत्री बनाउन खोजिएको छ। काठमाडौंबासी मेयर बालेन र महानगर प्रमुख पाण्डेदेखि खुसी छन्।

भने, अरुलाई केको टाउको दुखाइ ? चर्चा कमाउनका लागि जन्मिएका यस्ता ईः, राजनीतिक दलका नेताहरुले जति नै विरोध गरेपनि महानगरको केही उखालिने होइन्। फुटपाथमा पसल थाप्न पाउनुपर्छ भनेर ईः ललितपुर पनि पुगेका थिए । त्यहाँबाट लखेटिएको उनले बिर्सिएजस्तो छ।

काठमाडौंबासी मात्र होइन्, देशभर र विदेशमा रहेका नेपालीहरुले बालेनको समर्थन गरिरहेका छन्। समर्थन गर्नुको कारण एउटै छ,उनले काम गर्न खोजेका छन् र गरिरहेका छन्। जनता अब भाषण होइन्, परिवर्तनको खोजीमा छन्। परिवर्तन जसले दिन्छ, उसैको पक्षमा उभिन्छन्,जनता।

२०३६ सालमा पञ्चायती र बहुदलीय व्यवस्थाबीच जनमत संकलन भएको थियो। त्यतिबेला प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । जनताले बहुदलीय व्यवस्था चाहिन्छ भने मतदान गरे। पञ्चायती व्यवस्थाको विपक्षमा धेरै मत आएपछि त्यहाँ चलखेल गरियो। सबै मत फालियो अनि पञ्चायती व्यवस्थाको पक्षमा धेरै मत आयो भनि सार्वजनिक गरियो।

त्यसको १० वर्षपछि जनता सडकमा आए। पञ्चायती व्यवस्था हटाइयो, बहुदलीय व्यवस्था आयो। अहिले फुटपाथ व्यवसायी र केही राजनीतिक पार्टीका झोलेले बालेनको विरोध गरिरहेका छन्। बालेनलाई राख्ने कि हटाउने ? भनेर जनमत संकलन गर्ने हो भने देशभरका जनताले ‘हटाउने होइन्, बालेनलाई देशको प्रधानमन्त्री बनाउनुपर्छ’ भनेर मतदान गर्छन् ।

गाउँदेखि शहर, बच्चादेखि बुढासम्मले बालेनले राम्रो काम गरेको बताउँछन् । अधिकांश बालेनको प्रशंसा गरिरहेकै भेटिन्छन्। मुलुकको संघीय राजधानी काठमाडौं हो। तर, यसअघि काठमाडौं कस्तो थियो ? अहिले कस्तो छ ? यो त घामजस्तै छर्लङ्ग छ। घिनलाग्दो काठमाडौं क्रमिक रुपमा सुधार भइरहेको छ।

मेयर बालेनले शिर निहुँराउने होइन्, ठाडो बनाउने काम गरे। महानगरले गरेको कामले महानगरबासीको पनि चर्चा भएको छ। राजनीतिक दलहरुको कोठे राजनीतिक स्पष्ट छ । बालेनमाथि हिलो छ्यापेर अर्को चुनावमा काठमाडौंको मेयर आफ्नो हात पारौंला भन्ने उनीहरुको दाउ हो।

२०८४ सालको चुनावमा बालेनले फेरि उम्मेदवारी दिए भने २०७९ सालको भन्दा दोब्बर भोट उनले पाउँछन्। पहिलो कुरा के बुझ्न जरुरी छ भने बालेनले काठमाडौंबासीलाई सुविधा दिने हो । उनले काम गर्ने पनि काठमाडौंबासीका लागि मात्रै हो। अन्यसँग उनलाई सरोकार नै छैन्।

उनलाई काठमाडौंबासीले जे अधिकार दिएका छन्, उनले त्यही गरेका छन्। भक्तपुर र ललितपुरमा पुगेर उनले फुटपाथ हटाएका होइनन्। आफ्नो नगर क्षेत्र सफासुन्दर र व्यवस्थित बनाउँछुभन्दा उनले नपाउने ? जो जुन जिल्लाबाट आएको हो, त्यही जिल्लाको जनप्रतिनिधिसँग गएर आफ्नो अधिकार माग्नुपर्छ।

न महानगरले तिनलाई अधिकार दिने हो न महानगरले उनीहरुको जिम्मेवारी उठाउने हो। काठमाडौंमा भएको सरकारी, गुठीको जग्गा मिच्ने काठमाडौंबासी होइनन्। बाहिरी जिल्लाबाट आएर यहाँको सरकारी जग्गा कब्जा गरेर मिल्छ ? सरकारी जग्गा के–कसरी प्रयोग गर्ने ? त्यहाँ के बनाउने ? यो महानगरको अधिकार हो।

फुटपाथ महानगरले पसल थाप्न बनाएको होइन्। यहाँका जनतालाई हिँड्डुल गर्न सहज होस् भनेर निर्माण गरेको हो । अनि त्यहाँ पसल थाप्न पाउनुपर्छ भनेर पाइन्छ ? भोट दिनेहरु चुपचाप छन्, भोट नदिनेहरु उफ्रीउफ्री कराइरहेका छन् । जसलाई भोट दिएको हो, उसैलाई गएर अधिकार माग्नुपर्छ।

जुन जिल्लामा जन्मियो, त्यही जिल्लाको नागरिकता बन्छ। मतदान गर्ने पनि त्यही जिल्लामा हो। भत्ता पनि त्यही जिल्लाबाट लिनुपर्छ। कि त बसाइँ सरेको कागज हुनुपर्छ। ७७ वटै जिल्लामा स्थानीय सरकार छ। भोट दिने बेलामा सबैले आफ्ना जिल्लाका प्रतिनिधिलाई भोट दिन्छन्।

अनि अधिकारचाँहि काठमाडौं महानगरसँग मागेर हुन्छ ? नागरिकता लिन र मतदान गर्न आफ्नो जिल्लामा जाने, आफ्नो खेतबारीचाँहि बाँझो राख्ने अनि काठमाडौंमा आएर सुकुम्बासीको नाममा सरकारी र गुठीको जग्गा कब्जा गरेर बस्न लाज लाग्दैन् ? बाहिरकै जिल्लाकै मान्छे आएर यहाँ फुटपाथ पसल थाप्ने।

जुन जिल्लाको नागरिक हो, त्यही गएर फुटपाथमा पसल थाप्ने हो । त्यहीको सरकारलाई म सुकुम्बासी हो, मलाई जग्गा देऊ भनेर माग्ने हो । यहाँको करोडौंको जग्गा हत्याउन सरकारी जग्गा कब्जा गरेर बसेकाहरुलाई धमाधम कारबाही गर्नुपर्छ । आफ्नो खेतबारी छोडेर यहाँ नजर लगाएकाहरुलाई महानगरले लखेट्नुपर्छ।

सुकुम्बासी र फुटपाथ पसलका कारण काठमाडौं अव्यवस्थित भएको छ। अन्य देशको राजधानी हामी सबैले देखेका छौं । काठमाडौंमा विश्वका नागरिक आउँछन्। ७७ जिल्लाकै आम नागरिक आफ्नो काम लिएर आउँछन्। यहाँ सबैको नजर छ। यो कुनै जिल्लाको वडा त होइन्।

यसलाई सफासुन्दर र व्यवस्थित बनाउनु त मेयरको दायित्व हो। अबपनि फुटपाथ पसल थाप्न पाउनुपर्छ र सरकारी जग्गा मिच्न पाउनुपर्छ भन्नेलाई धमाधम समाते हुन्छ। विदेशीहरु कहाँ ओर्लिन्छन् ? विमानस्थल त महानगरभित्र छ । नेपालीमा चर्चित उखान छ,‘बाँदरले आफ्नो घर पनि बनाउँदैन्, अरुको पनि बिगारिदिन्छ।

राजनीतिक दलहरु त्यस्तै भए। सस्तो लोकप्रियता कमाउनका लागि राजनीतिक दलहरु नउफ्रेपनि हुन्छ। जनताले सबैको अनुहार देखेका छन् र राम्रोसँग चिनि पनि सकेका छन्। जसलाई हकअधिकार चाहिन्छ, आफ्नो जिल्लाका प्रतिनिधिसँग मागे हुन्छ। काठमाडौंलाई फोहोर, अव्यवस्थित र कुरुप बनाउने अधिकार कसैलाई पनि छैन्।

काठमाडौंबासी अब रमिता हेर्ने होइन्, फुटपाथ व्यवसायीको नाममा कोही उत्रिए भने छोड्नुहुँदैन्। व्यक्तिगत स्वार्थका लागि महानगर प्रहरी खटिएका होइनन्। फुटपाथमा पसलका कारण कतिले ज्यान गुमाए ? यसको लेखाजोखा छ ? आफू पैसा कमाउने अनि अरुलाई मार्ने ?