त्रिकोणात्मक टी २० सिरिजमा नेदरल्यान्ड्समाथि नेपालको शानदार जीत

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ। कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे।टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो।

नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए। टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई/दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए।