सिन्धुपाल्चोक काँग्रेस उपसभापतिको गुण्डागर्दी शैली उस्तै,आयोजना प्रमुखलाई अश्लील गालीदेखि ज्यान मार्ने धम्कीसम्म (अडियो सहित)

काठमाडौं। नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाले आफ्ना कार्याकर्तालाइ अश्लील र ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको छ।

गत मंगलवार दिउँसो विवाह पार्टीमा सामेल भएर घर फर्दिदै गर्दा एक्कासी फोन गरेर दोर्जेले काँग्रेस कार्याकर्ता उमेश पराजुलीलाई अश्लील गालि गरेको र ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको हो।

लामाले पराजुलीलाई ठेक्काको बारेमा कुरा गर्दै अपशब्द, गाली गलौज र ज्यान मार्ने धम्की दिएपछि पराजुलीले बिज्ञप्ति निकाल्दै विभिन्न निकायमा उजुरी समेत गरेका छन्।

म काङ्ग्रेस पार्टीको कार्याकर्ता हो,मैले काङ्ग्रेस पार्टीमा आस्था राख्छु। म नेपाली काङ्ग्रेस पार्टीको क्षेत्रीय प्रतिनिधि समेत हो। तर मलाई जिल्लाको उपसभापतिले अश्लील गाली गरेर ज्यान मार्ने धम्कि दिएको पराजुलीले बताएका थिए।

मैले उहाको बारेमा केही गरेको जस्तो लाग्दैन म सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर ४ मा संचालित इलोक्ट्रो पावर कम्पनी प्रा.लि हाइड्रोपावरको आयोजना प्रमुख हुँ। लामाले आफ्नो मान्छेलाई ठेक्का नदिएको भन्दै ज्यान मार्ने धम्की र असलील गाली गरेको पराजुलीले बताएका थिए।

पछिल्लो समय सिन्धुपाल्चोकमा आयोजनासँग गुन्डागर्दी शैलीम काम माग्ने र नदिए तर्साउने धम्क्याउने काम बढ्दै गएको कतिपय हाइड्रोपावर संचालकहरुले समेत गुनासो गर्दै आएका छन्।

काँग्रेस उपसभापति लामाको यो अडियो सार्वजनिक भएपछि गुन्डागर्दी शैली अहिले पनि राजनीतिकको नाममा जस्ताको त्यस्तै रहेको पुष्टि गरेको  देखिन्छ।

अडियाे सांवाद- जस्ताकाे त्यस्तै