त्रिदेशीय टी–२० सिरिज: उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी खेल्दै

काठमाडौं। हङकङमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दैछन्।

फाइनल खेल नेपाली समयअनुसार पौने १२ बजे हङकङको मोङ कोकमा शुरु हुनेछ। हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको हो।

पीएनजीले हिजो दुई खेल खेलेको थियो। पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको हो।

यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एकरएक अङ्क बाँडिएको थियो।

हिजो नेपालले पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको हो। त्यसअघि आजै बिहान हङकङ र हङकङको ‘ए’टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ।