सहकारीको ऋण समयमै तिर्न महानगरको चेतावनी

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न ऋणी सदस्यहरुलाई आग्रह गरेको छ।

महानगरको सहकारी विभागले आज एक सूचना प्रकाशित गर्दै केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी गर्न विभिन्न बहानाबाजी गरिरहेको र केहीले सहकारीको ऋण तिर्न नपर्ने जस्ता भ्रम फैलाएको गुनासो आएकाले त्यस्ता ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको हो।

‘ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३२८४ बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको छ,’ सूचनामा भनिएको छ।

त्यसकारण समयमै ऋण चुक्ता गर्न महानगरले आग्रह गरेको हो। समयमै ऋण नतिरे अन्यथा ऋण असुली प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ।