कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकले इलाम-२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने उनले बताए।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीलगायतका उम्मेदवारी तयार गरी घरदैलो कार्यक्रम शुरु गरिसकेका छन्।