यी २ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ।

नरेशप्रसाद ओझा मुख्य व्यक्ति रहेको जुगल बिल्डर्स कम्पनी कोटेश्वर र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको जेएमबीडी इन्टरनेशनल चाबहिललाई कालोसूचीमा राखेको हो।

जुगल बिल्डर्स तीन वर्षका लागि र जेएमबीडी इन्टरनेशनललाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिदप्रक्रियामा भाग लिन पाउँदैनन्।

जुगल बिल्डर्सलाई कालोसूचीमा राख्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढी र जेएमबीडी इन्टरनेशनललाई कालोसूचीमा राख्न प्रहरी प्रधान कार्यालय नक्शालले सिफारिस गरेका थिए।