प्रधानमन्त्री प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

काठमाडौं। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन्। नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको उनी आज विश्वासको मत लिन लागेका हुन्।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेकै नेतृत्वमा सरकार बनाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश कमिटीलाई निर्देशन दिएका थिए।

उनी प्रधानमन्त्री प्रचण्डको निर्देशन विपरित विश्वासको मत लिन लागेका हुन्। कर्णालीमा हाल माओवादी केन्द्रका राजकुमार शर्माको नेतृत्व छ।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन्। चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ।