साझा पेट्रोल पम्प २४ सै घण्टा खुला हुने

काठमाडौं। बल्खुस्थित साझा पेट्रोल पम्प २४ सै घण्टा खुला रहने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उक्त सेवाको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा मन्त्री भण्डारीले इन्धन सेवा २४ सै घण्टाु भन्ने अभियान सुरू भएको बताए।इन्धन अत्यावश्यक वस्तु भएकाले हामीले २४ सै घण्टा सेवा दिन खोजेका हौं,उनले भने।

अत्यावश्यक सेवा २४ सै घण्टा खुला गर्नुपर्ने राज्यको दायित्व भएको बताउँदै भण्डारीले त्यसको सुरूआत भएको जानकारी दिए।

यो सेवा काठमाडौंमा मात्रै नभई बाहिर जिल्लामा पनि सुरू गर्ने निगमको योजना रहेको नेपाल आयाल निगमको कार्यकारी निर्देशक चण्डिका भट्टले बताए।

बाहिर कुन–कुन पम्पलाई दिने वा पालैपालै सबैलाई दिने कि छलफल हुँदैछ,उनले भने।साझा सेवा सहकारी संस्थाका अध्यक्ष शंकर प्रसाद पाण्डेले यो सेवाले रातिको समयमा आवतजावत गर्नेलाई सहज हुने बताए।

रातिको समयमा बिरामी हुँदा, एयरपोर्ट जानुपर्दा इन्धन हाल्न सहज हुन्छ,उनले भने।अहिले साझाले काठमाडौंमा चार र बनेपामा एक गरी पाँचवटा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ।