सन्दीपको मुद्दामा झगडिया झिकाउन उच्चको आदेश

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले झगडिया झिकाउन (मुद्दाका दुवै पक्षहरुलाई बोलाउन वा खबर गर्न) आदेश दिएको हो।

यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन्।

यदि तल्लो तहको अदालतले गरेको फैसला ‘क्लीन’ वा खोटमुक्त देखिएमा झझीको आदेश नहुन पनि सक्छ। यस्तो अवस्थामा जिल्ला अदालतले गरेको आदेश स्वतः सदर भएको मानिन्छ।

जसलाई ‘सुरू सदर’ भन्ने गरिन्छ। सन्दीपको मुद्दामा झझी झिकाएर न्यायधीशले सुनवाइ आवश्यक रहेको सन्देश दिएका छन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो।